आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नाभाल्नीको अन्त्येष्टि भोलि गरिँदै

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १७, २०८०



  • एजेन्सी । रुसी राष्ट्रपतिका कट्टर आलोचक एलेस्की नाभान्लीको अन्त्येष्टि शुक्रबार गरिने भएको छ ।

    रुसको आर्कटिक जेलमा मृत्यु भएका उन्को शव एक सातापछि मात्रै परिवारलाई बुझाइएको थियो । त्यसको पाँच दिनपछि मस्कोको एउटा चर्चमा नाभान्लीको अन्त्येष्टि गर्न लागिएको हो ।

    स्थानीय समय अनुसार दिउँसो २ बजे गर्न लागेको अन्त्येष्टिमा सहभागी हुन नाभाल्नीका सहयोगी समुहले उनका समर्थक लगायत रुसका सर्वसाधारणलाई अपील जारी गरिएको छ ।

    नाभाल्नीका मृत्यु घोषणा भएको दिनदेखि नाभाल्नीको शव राखिएको जेल नजिकको शहरमा बस्दै आएकी नाभाल्नीको आमालाई उनको मृत्यु प्राकृतिक रुपमा भएको भन्दै मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न दबाव दिएर शव हस्तान्तरण गरिएको हो ।

    नाभाल्नीकी पत्नी युयिला नवल्नायाले राष्ट्रपति भ्लादिमीर पुटिनलाई संकेत गदै आफनो पतिको शवलाई समेत बन्धक बनाएको आरोप सहितको भिडियो सन्देश जारी गरेपछि रुस सरकार उनको शव दिन राजी भएको थियो ।

    रुसी राष्ट्रपतिका कट्टर आलोचकका रुपमा रहेका नाभाल्नीको गत १६ फेब्रअरीमा रुसको आर्कटिक सर्कलभित्रको रुसी जेलमा मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij