शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

त्रिशूली नदीमा बेपत्ता तीन जनाको शव भेटियो

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २४, २०८०



  • काठमाडौँ ।

    बुधबार बिहान धादिङको गजुरीस्थित त्रिशूली नदीमा बस खस्दा हराइरहेका तीन यात्रुमध्ये थप एकजनाको शव फेला परेको छ। अन्दाजी वर्ष ५० को पुरुषको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारी नदीबाट बाहिर निकालेको हो।

    बिहीबार अपरान्ह ३ः४३ बजे सशस्त्र प्रहरी सुरक्षा वेश आदमघाटबाट डीएसपी तुला चौधरीको कमान्डमा खटिएको टोलीले फेला पारेको एपीएफले जनाएको छ।

    यो सँगै त्रिशूलीमा बेपत्ता तैनैजनाको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    नदीमा बेपत्ता नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक रहेकोमा दुई पुरुष र एक महिलाको शव फेला परेपनि उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

    यसअघि आजै सशस्त्र प्रहरीले दुर्घटनास्थलभन्दा १५० मिटर तल त्रिशूली नदीमा पुरुषको शव फेला पारेको थियो भने नदीभित्र महिलाको शव भेटिएको थियो ।

    मंगलबार साँझ रुपन्देहीबाट काठमाडौँका लागि छुटेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बुधबार बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खस्दा घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए।

    तीन यात्रु भने नदीमै हराइरहेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij