प्रकाशित मिति : सोमवार, चैत्र २६, २०८०
काठमाडौं। चैत कृष्ण औंसीको अवसरमा सोमबार काठमाडौं उपत्यकामा घोडे जात्रा मनाईएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ।
परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ। त्यहीँ जनविश्वास र संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौंको टुडिखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो।
घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको थियो। नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लगायतका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो।
घोडेजात्रामा सैनिकहरुले विभिन्न ब्याण्डद्धारा धुनहरु प्रस्तुत गरेका थिए। कार्यक्रमको सुरुमै घोडाहरुद्वारा शो जम्प प्रस्तुत गरेको थियो। यो प्रस्तुतीमा घोडाहरुले विभिन्न पर्खालहरु नाघेका थिए। साहसिक सेनाहरुले घोडाको चालको गतिमा विभिन्न पर्खालहरु उफ्रेर अगाडि बढेका थिए। यस्तै तालिम प्राप्त कुकुरहरुको प्रस्तुती निकै रोचक देखिएको थियो। घोडाजात्रामा प्रस्तुत गरिएका प्रतिष्पर्धामा विजयी सेनाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij