आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उनान्तीस पाइलट ह्वेल मरे, १३० को उद्धार

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १४, २०८१



  • काठमाडौँ । अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेल मरेका छन् । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा करिब १६० ह्वेल आइपुगेको बताएको छ । जसमध्ये १३० को उद्धार गरिएको थियो भने २९ को मृत्यु भएको थियो ।

    ह्वेल फेरि किनारमा आउने डरले स्पटर प्लेन र धेरै डुङ्गाहरू मार्फत निगरानी भइरहेको छ । समुद्री वैज्ञानिकका अनुसार समुद्री तटमा आएपछि पाइलट ह्वेलहरू सामान्यतया ६ घण्टासम्म मात्र बाँच्न सक्षम हुन्छन् ।

    वाइल्ड लाइफ सर्भिसले मृत पाइलट ह्वेलका नमूनाहरू सङ्कलन गरी परीक्षण गर्ने बताएको छ । यी ह्वेलहरू किनारमा किन आए भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन । यसमा प्रायः बच्चासहितका आमा ह्वेलहरू समावेश थिए ।

    सामान्यतया जब ह्वेल बिरामी हुन्छ वा किनारमा फसेको हुन्छ, अन्य पाइलट ह्वेलहरू पनि उद्धार गर्न आउँछन् ।

    गत वर्ष दुई देशमा सयभन्दा बढी पाइलट ह्वेल मरेका थिए ।

    पछिल्ला केही वर्षयता अस्ट्रेलिया र न्यूजिल्याण्डको तटीय क्षेत्रमा पाइलट ह्वेलको मृत्यु हुने घटना लगातार बढ्दै गएको छ । गत वर्ष जुलाईमा पनि करिब १०० पाइलट ह्वेल अस्ट्रेलियाको तटमा पुगेका थिए । जसमध्ये ५१ को मृत्यु भएको थियो । स्कटल्याण्डमा पनि गत वर्ष ५५ पाइलट ह्वेल मारिएका थिए ।

    सन् २०२२ मा न्यूजिल्याण्डमा भएका दुई छुट्टाछुट्टै घटनामा झण्डै ५०० पाइलट ह्वेलको यस्तै प्रकारले मृत्यु भएको थियो । त्यस्तै सन् २०२० मा अस्ट्रेलियाको तस्मानियामा ४५० भन्दा बढी पाइलट ह्वेलको मृत्यु भएको थियो ।

    पायलट ह्वेल समुद्री डल्फिनको एक प्रजाति हो जुन समूहमा यात्रा गर्दछ । तिनीहरू समुद्र तटमा आफ्नो समूहको नेता (पाइलट)लाई पछ्याउँछन् र समूहको सदस्य घाइते हुँदा ठूलो संख्यामा उनको वरिपरि भेला हुन्छन् ।

    विज्ञहरूका अनुसार पाइलट ह्वेल सधैँ सँगै बस्छन्। यदि एउटा ह्वेल कतै अड्कियो भने अरु सबै पनि त्यसको पछि लाग्न थाल्छन् । यही कारणले गर्दा समुद्री किनारमा धेरै ह्वेलहरू एकैसाथ मरिरहेका छन् ।

    भनिन्छ, धेरै पटक ह्वेल किनारमा आउँछ र त्यसपछि संकटमा परेका अन्य ह्वेलहरूलाई संकेत पठाउँछ । त्यो ह्वेलबाट संकेत पाएपछि अन्य ह्वेलहरू पनि त्यसको नजिक आउन थाल्छन् र फस्छन् । ह्वेल विज्ञहरूका अनुसार पानीको सतह कम हुँदा पनि कहिलेकाहिँ तिनीहरू बाटोमा हिँड्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij