शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

विश्व वन्यजन्तु कोषबाट हिमाली संरक्षण मञ्च पुरस्कृत

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ७, २०८१



  • फुङ्लिङ। ताप्लेजुङमा कार्य क्षेत्र बनाएर संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्च विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) बाट पुरस्कृत भएको छ । विश्व वन्यजन्तु कोषले काठमाडौँमा एक कार्यक्रम गर्दै हिमाली संरक्षण मञ्चलाई पुरस्कृत गरेको हो ।

    जैविक विविधताको संरक्षण क्षेत्रमा टेवा गरेको भन्दै कोषले मञ्चलाई अब्म्हाम सरक्षण पुरस्कार २०२४ बाट पुरस्कृत गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । पुरस्कारले आगामी दिनमा संरक्षण क्षेत्रमा काम गर्ने थप ऊर्जा प्राप्त भएको उनले बताए। मञ्च सन् २०२० मा पन्छी संरक्षण कोषबाट समेत पुरस्कृत भएको थियो ।

    मञ्चले मुख्य गरेर दुर्लभ हाब्रे(रेड पाण्डा)को संरक्षणमा २०६२ सालदेखि काम गर्दै आएको छ । संरक्षणसँगै पर्यापर्यटन प्रवद्र्धन तथा स्थानीय समुदायको आयआर्जनमा समेत सहयोग गर्दै आएको छ ।

    सचिव विवस केदेमले मञ्चले विभिन्न संस्थासँग साझेदार गरेर विश्व दुर्लभ वन्यजन्तु हिउँ चितुवा संरक्षणमा समेत काम गर्दै आएको बताए। विद्यलय तहबाटै हिउँ चितुवा संरक्षणमा जनचेतना बढाउन कक्षा ७ र ८ मा पठनपाठन समेत सुरु गरिएको मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बाले बताए । मञ्चले जैविक विविधताको अध्ययनका लागि रु चार करोड लागतमा फुङ्लिङ नगरपालिका–९ देउराली क्षेत्रमा हाब्रे सेन्टर स्थापना गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij