शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बुद्ध जयन्तीमा किड्स जोनका विद्यार्थीले गरे गुम्बाको सरसफाइ

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १०, २०८१



  • अत्तरिया । कैलालीको अत्तरियामास्थित किड्स जोन एकेडेमीका विद्यार्थीले गोदावरीमा रहेको बौद्ध गुम्बाको सरसफाइ गरेका छन्। बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार विद्यार्थीहरूले गोदावरीमा रहेको बौद्ध गुम्बाको सरसफाइ गरेका हुन्।

    विद्यालयले कक्षा २ र ३ का विद्यार्थीलाई बौद्ध गुम्बामा अध्ययनका लागि लगेको थियो। गुम्बामा केही समयको अध्ययन पश्चात विद्यार्थीले सरसफाइ गरेको विद्यालयका सञ्चालक मदन जोशीले बताए।

    उनले भगवान गौतम बुद्धको जीवनयात्रा, बुद्धसँग सम्बन्धित विभिन्न विषयवस्तु र बौद्ध धर्मको बारेमा विद्यार्थीलाई ज्ञान प्रदान गर्ने उद्देश्यलका साथ विद्यार्थीलाई गुम्बा अवलोकनका लागि लगिएको बताए।

    विद्यार्थीहरूले गुम्बाका लामाबाट भगवान गौतम बुद्ध र र बौद्ध धर्मको बारेमा जानकारी लिएका थिए।

    विद्यार्थीहरूले एक साथ दुई वटा ज्ञान प्राप्त गरेको उनको भनाइ छ। भगवान गौतम बुद्धका बारेमा ज्ञान प्राप्त गर्नुका साथै हाम्रा सम्पदा सफा राख्नुपर्छ भन्ने ज्ञानसमेत विद्यार्थीले प्राप्त गरेको उनको भनाइ छ। जोशीले आगामी दिनमा पनि यस्ता खाले क्रियाकलाप गर्दै अगाडि बढ्ने बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij