शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दाङ र मकवानपुरमा दुर्घटना

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १८, २०८१



  • काठमाडौं । दाङमा आज भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

    मोटरसाइकल चालक बबईका राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका साकार केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

    दाङ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ जादै गरेको अटो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी अटोचालक रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।

    यसै गरी मकवानपुरको मनहरीमा आज बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकडभिट्टाबाट नेपालगञ्ज जाँदै गरेको ना.५ ख ५५१५ नम्बरको यात्रुबाहक बसको अगाडिको पट्टा भाचिँदा मनहरीमा बस अनियन्त्रित भइ दुर्घटना भएको मकवान प्रहरीले जनाएको छ ।

    घाइते ११ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने बाँकी नौ जनाको उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij