शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गर्मीका कारण हेटौँडाका शैक्षिक संस्थाहरू बन्द, बिजुलीको पनि समस्या

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३२, २०८१



  • हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा पछिल्लो समय गर्मी र बिजुलीको समस्याले जनजीवनलाई कष्टकर बनाएको छ। अत्यधिक गर्मीका कारण बिहिबारदेखी शैक्षिक संस्थाहरू बन्द गर्नुपरेको छ भने बिद्युत प्राधिकरणबाट पटक-पटक बिजुली कटौती गर्ने गरिएकोले जनजीवन झन् त्रसित बनेको छ।

    गर्मीको मार झेल्न नसक्ने अवस्थामा पुगेपछि हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुईदिन बिदा दियो । विगतका केही वर्षयता नै गर्मीको समस्याले शिक्षा क्षेत्रलाई प्रभाव पारिरहेको भए पनि यस वर्ष गर्मीको मात्रा अत्याधिक बढेको छ।

    अत्याधिक गर्मीका कारण विद्यार्थीहरूलाई पठनपाठनमा असहज मात्र होइन धेरै विद्यार्थीहरू बिरामी समेत परेका छन्। गर्मीले विद्यालयमा पठनपाठनको वातावरण नै अनुपयुक्त बनाएको छ। विद्यार्थी, अभिभावक र शिक्षकहरूबाट विद्यालय बन्द गर्न अनुरोध आएपछि उपमहानगरले वर्षे बिदाबाट केही दिन कट्टी गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

    गर्मीकै समस्याले जनजीवन कष्टकर बनिरहेको समयमा बिद्युत प्राधिकरणले छिन-छिनमा बिजुली कटौती गरेर झन् समस्या थपेको छ। पछिल्लो दुई साताको अवधिमा हेटौँडा र आसपासका क्षेत्रमा बिधुत प्रसारण अनियन्त्रीत जस्तै बनेको छ ।

    दिनमा ३५ पटकभन्दा बढी बिजुली जाने आउने समस्या यहाँका बासिन्दाले भोगिरहेका छन्। “झ्याप आउने झप जाने” बिजुली कटौतीले इलेक्ट्रोनिक सामग्रीहरू बिग्रने समस्या पनि उत्पन्न भएको छ।

    हेटौँडावासीले गर्मी र बिजुलीले जनजीवनलाई कष्टकर बनाएको गुनासो गरिरहेका छन्। विद्यार्थीहरूको पढाइमा समस्या आएको छ भने गर्मीका कारण विभिन्न शारीरिक समस्याहरू पनि देखिन थालेका छन्। घरभित्र नै गर्मी सहनलायक बनेको छैन भने बिजुलीको अभावमा झन् समस्या बढेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij