शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

देशैभर मनसुन फैलिन अझै एक साता लाग्ने

  • प्रकाशित मिति : मङ्लबार, असार ४, २०८१



  • काठमाडौं । यो वर्ष औसत समय भन्दा छिटो मनसुन भित्रिने पूर्वानुमान मौसमविद्हरुले गरेका थिए । पूर्वानुमान अनुसार नै जेठ नसकिँदै मनसुन नेपालमा भित्रियो पनि । पूर्वी नेपालबाट छिरेको मनसुन भने उतै अल्मलिएको छ । जसका कारण देशको एउटा भागमा बाढी पहिरोले सताउँदा अर्को भागमा भने प्रचण्ड गर्मी व्याप्त छ ।

    मौसमविद्हरुले यो वर्षको मनसुन जुन १३ तारिख अर्थात गत जेठ ३१ गतेदेखि नेपाल भित्रिने पूर्वानुमान गरेका थिए । पूर्वानुमान भन्दा पहिले, जुन १० अर्थात २८ गते नै पूर्वी नेपालबाट मनसुन भित्रियो । मनसुन भित्रिएकै दिन अविरल वर्षाले ताप्लेजुङमा चार जनाको ज्यान पनि लियो भने संखुवासभालगायतका जिल्लाहरुमा पहिरोले घर पनि बगायो । तर मनसुन भित्रिएको एक साता वितिसक्दा पनि मनसुनी वायु अघि बढ्न भने सकेको छैन ।

    अहिले मनसुन कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित रहेको र त्यस क्षेत्रमा वर्षा भईरहेको छ । वरिष्ठ मौसमविद् शान्ति कँडेलले सुस्त गतिमा रहेको मनसुन उपत्यकामा मनसुन भित्रिन अझै तीन दिन लाग्ने बताउनुहुन्छ ।

    केही दिन यता सामान्य वर्षा हुँदा उपत्यकाको तापक्रम घट्दो क्रममा रहे पनि पश्चिम क्षेत्र र विशेष गरी पश्चिम तराइमा उच्च तापक्रम कायमै छ । महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले नयाँ प्रणालीको विकास भए पनि वर्षा प्रभावकारी हुन सकेको छैन । गण्डकीको पोखरा आसपास र सुदूरपश्चिमको दार्चुलामा मात्रै हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ ।

    देशको पूर्वी क्षेत्र बाहेकका स्थानमा भईरहेको सामान्य वर्षा मनसुनी नभई स्थानीय वायु तथा भारत आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावले भएको मौसमविद्हरुको भनाइ छ । मौसमविद्हरुलाई समेत झुक्याईरहेको मनसुनी वायु पुरै देशभरी फैलिन अझै एक साता लाग्ने अनुमान मौसमविद्हरुले गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij