आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बंगलादेशमा फेरी आन्दोलन शुरु

  • प्रकाशित मिति : बिहिबार, साउन १७, २०८१



  • एजेन्सी । बंगलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच झडप भएको छ ।

    उत्तर–पूर्वी शहर सिल्हेटका एक अधिकारीले प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुतर्फ अश्रुग्यास छर्न बाध्य भएको बताएका छन् ।

    राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको बीबीसीले जनाएको छ । रोजगारीमा कोटा प्रणाली हटाउनुपर्ने माग गर्दै बङ्गलादेशमा विद्यार्थीले गरेका पछिल्लो आन्दोलनमा २ सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।

    यस्तै झण्डै १० हजार मानिसलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ । पक्राउ परेकाहरुको रिहाइका लागि विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका हुन् । उनीहरूले सामुहिक हत्या, पक्राउ, आक्रमण तथा बेपत्ता पार्ने कामविरुद्ध प्रदर्शन गरेको बताएका छन् ।

    यसैबीच, बङ्गलादेश सरकारले जमात ए इस्लामी पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कट्टरपन्थी पार्टी जमात ए इस्लामीले विद्यार्थी आन्दोलनको फाइदा उठाएको प्रधानमन्त्री शेख हसिना सरकारले आरोप लगाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij