शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अश्कको ‘कालो गुलाफ’ नेपालगन्जमा सम्मानित

  • प्रकाशित मिति : सोमवार, अशोज ७, २०८१



  • मध्यपश्चिम स्रष्टा समाजले वीरगन्ज निवासी साहित्यकार गोपाल अश्कद्वारा लिखित कथा संग्रह ‘कालो गुलाफ’लाई सनत रचना कथा सम्मान २०८० बाट नेपालगन्जमा सम्मान गरेको छ ।

    समाजले कथा संग्रहका लेखक अश्कलाई नेपालगन्जमा एक कार्यक्रम गरी सम्मान गरेको हो । साहित्यकार प्रा. डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अश्कलाई उक्त सम्मानपत्र हस्तान्तरण गरियो । पुरस्कार हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. घिमिरेले अश्क अनुभूतिलाई विचारमा घोलेर रचना गर्ने कथाकार भएको टिप्पणी गरे ।

    नगद ११ एक सय ११ रुपैयाँ राशीसहितको उक्त सम्मान कार्यक्रममा अश्कको व्यक्तित्वमाथि साहित्यकार हरि तिमिल्सेना र कालो गुलाफमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्कीले प्रकाश पारेका थिए । कथा, कविता, गजललगायतका विभिन्न विधामा रचना गर्दै आएका अश्क भाषा आयोगका सदस्यसमेत हुन् । अश्क साहित्यक कृतिका अनुवादक र सम्पादक समेत हुन् । प्राज्ञ कार्कीले अश्कका कथाहरु यथार्थवादी धारका रहेका र अधिकांश कथाका कथामा वीरगन्ज तथा मधेशको परिवेश आउने गरेको बताए ।

    कार्यक्रममा बोल्दै सम्मानित कथाकार अश्कले आफूले धेरैजसो पात्रहरु आफ्नो वरिपरिका र कतिपय पात्रमा आफैलाई लेखेको बताए । उनले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको पनि बताए ।

    सनत रचना कथा सम्मान वरिष्ठ कथाकार सनत रेग्मीले आफू र जीवनसंगिनीको नाममा स्थापित सम्मान हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij