आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिहे गरेको आठ वर्षपछि पतिबाट अलग्गिदैछिन् उर्मिला

  • प्रकाशित मिति : बुधबार, अशोज ९, २०८१



  • नयाँ दिल्ली । ९० को दशककी चर्चित बलिउड अभिनेत्री उर्मिला मातोन्डकर यतिबेला आफ्नो निजी जीवनका कारण चर्चामा आएकी छिन् । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरअनुसार उनले आठ वर्ष लामो आफ्नो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेकी छिन् । उनले पति मोहसिन अख्तर मिरसँग सम्बन्ध विच्छेद गर्न लागेको खबरहरूमा भनिएको छ ।

    अभिनेत्रीले सम्बन्ध विच्छेद गराइ पाउँ भन्दै निवेदन दिइसकेको बताइएको छ । समाचारमा मुम्बईस्थित अदालतको एक स्रोतलाई उद्धृत गर्दै अभिनेत्रीले करिब चार महिनाअघि अदालतमा सम्बन्ध विच्छेदको याचिका दायर गरेकी भनिएको छ ।

    पतिसँग अभिनेत्रीले किन सम्बन्ध विच्छेद मागिन् भन्ने चाँहि अहिलेसम्म खुल्न सकेको छैन । सम्बन्ध विच्छेद आपसी सहमतिमा नभएको बताइएको छ । उर्मिला र काश्मिरी व्यापारी तथा मोडल मोहसिनले आठ वर्षअघि सामान्यत तरिकाले बिहे गरेका थिए ।

    एक्कासि बिहे गरेर अभिनेत्रीले आफ्ना फ्यानलाई छक्क पारेकी थिइन् । सो बिहेमा बेहुला बेहुलीका नजिकका साथीभाइ र परिवारका सदस्य मात्रै सहभागी भएका थिए । उर्मिलाले र मोहसिनले सन् २०१६ को फेब्रुअरी ४ मा बिहे गरेका थिए ।

    यी दुवैको भेट फेशन डिजाइनर मनीष मल्होत्रामार्फत भएको थियो । कामको कुरा गर्ने हो भने उर्मिला लामो समयदेखि ठुलो पर्दाबाट टाढा छिन् । अन्तिमपटक अभिनेत्री सन् २०१४ मा मराठी फिल्म अजूबामा देखिएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij