शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

वीरगञ्ज भन्सारबाट मोटरसाइकल आयात बढ्यो

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १, २०८१



  • वीरगञ्ज । वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलव ८६ प्रतिशतले मोटरसाइकलको आयात बढेको छ ।

    वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को भदौ महिनासम्मको तुलनामा चालू आर्थिक वर्षको यही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् ।

    चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चार पाङ्ग्रे गाडीको आयातमा कमी आएको भए पनि दुई पाङग्रे गाडीको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताउनुभयो । चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएका छन् ।

    गएको आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा भने एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्य पर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएका थिए । आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तसम्ममा २३ करोड ९० लाख चार हजार मूल्य पर्ने १२ लाख ६५ हजार छ सय २७ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपुर्जा आयात भएका थिए ।

    चालू आर्थिक वर्षको यही अवधिमा ३४ करोड १७ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ लाख ६१ हजार पाँच सय ३१ वटा मोटरसाइकल (मोपेडसहित)को पार्टपुर्जाहरू आयात भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij