शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पशुपतिमा बालाचतुर्दशीको तयारी पुरा

  • प्रकाशित मिति : बिहिबार, मंसिर १३, २०८१



  • काठमाडौं । पशुपतिमा बाला चतुर्दशीमा लाग्ने मेलाको सबै तयारी पुरा भएको छ । शुक्रबार रातभर जाग्राम बसेर पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहानै सतबीज छर्न सबै तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    दिवंगत पितृका नाममा राति बत्ती बालेर चतुर्दशीका दिन बिहान सत्बीज छर्ने प्रचलन छ । सत्बीज छर्ने भक्तजनको सुविधाका लागि यस वर्ष कैलाश क्षेत्रमा पसल राख्न नदिइने जनाइएको छ ।

    भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिनुभयो ।

    दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले २१ सय रुपैयाँका दरले शुल्क लिने बताइएको छ ।

    बाला चतुर्दशीको अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायतका पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij