आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

  • प्रकाशित मिति : बुधबार, पुस ३, २०८१



  • काठमाडौं । पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ । मंगलवार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएको हो ।

    पोखराको साहसिक पर्यटनलाई नयाँ उँचाइमा पुर्‍याउँदै अन्तर्राष्ट्रिय बेलुन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।

    महोत्सवबारे जानकारी दिँदै बेलुन नेपाल प्रा.लि.का प्रवन्ध निर्देशक सविन महर्जनले नेपालमा साहसिक पर्यटनलाई नयाँ उँचाइमा पु¥याउन बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव गर्न लागेको बताउनुभयो । पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ नेपालमा पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताउनुभयो ।

    ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुनहरू पोखरेली आकाशको उच्च उँचाइमा पुग्ने महर्जनले बताउनुभयो । महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

    महर्जनले अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा सयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशका प्रतिनिधित्व हुने जानकारी दिनुभयो । उहाँले महोत्सवमा २५ वटा बेलुन उडाइने र ५ हजार फिटसम्म उडाइने जानकारी दिनुभयो । महोत्सवको बजेट ७ करोड अनुमान गरेको बताउनुभयो ।

    प्रवन्ध निर्देशक महर्जनले भन्नुभयो, ‘२५ वटा जति बेलुन उडाउँछौँ, त्यसमा ठूलो कमर्सियल साइजको १५ वटा जति हुन्छ । बाँकी मिनु बेलुनहरु छन् । ९ हजार फिट हाइटसम्म उड्छ । तर यो फेस्टिबलको लागि क्यानबाट ५ हजार फिटसम्म अप्रुभल दिएको छ । यसको बजेटिङ हाम्रो ७ करोड रहेको छ । बाइएयर बेलुन ल्याउँदा बजेट महंगो भयो ।’

    ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खालासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने आयोजकले बताएको छ । कार्यक्रमको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।

    सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट शुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन् । —न्युज एजेन्सी नेपाल

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij