आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरू सम्पन्न

  • प्रकाशित मिति : सोमवार, माघ ७, २०८१



  • काठमाडौँ । महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।

    सोही अन्तर्गत बैंकको पालुङ्ग शाखाद्वारा थाहा नगरपालिका–११, देउराली, मकवानपुर स्थित श्री कालीदेवी प्राथमिक विद्यालयमा अध्ययनरत ८३ जना विद्यार्थीहरू मध्ये ५५ जना विपन्न वर्गका विद्यार्थीहरूमा बैंकले ज्याकेट वितरण गरेको हो ।

    न्यानो कपडाको अभावमा जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरू देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष रुपमा असर पर्न गएकोले बैंकको पालुङ्ग शाखाद्वारा पुस २७ गते एक कार्यक्रमका बीच ५५ थान पोलार ज्याकेट वितरण गरिएको थियो ।

    साथै सर्वोदय परियोजना नामक गैहृ सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहीन कलाकारहरूको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सृजनशीलतालाई प्रवर्द्धन गर्न आयोजित ‘Sensation Unseen : अदृश्य मोतीहरू’ नामक कार्यक्रम सञ्चालन गर्नको साथै बैंकले आर्थिक सहयोग गरेको छ ।

    यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij