प्रकाशित मिति : आइतवार, जेष्ठ ४, २०८२
काठमाडौं । आइतबार दिउँसोदेखि काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा पानी परिरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरुमा पानी परिरहेको हो।
काठमाडौं उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मीलगायतका जिल्लामा पानी परिरहेको र चट्याङ परेकाले सतर्कता अपनाउन विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ। पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ।
त्यसपछि धेरै वर्षा काभ्रेको खोपासी (पनौती) क्षेत्रमा १० मिलिमिटर वर्षा भएको छ। गत १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा भने स्याङ्जामा रेकर्ड भएको छ।
स्याङ्जामा १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ। कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने फाटफुट्ट मात्र पानी परेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij