शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पुलबाट खसेर एक युवकको मृत्यु

  • प्रकाशित मिति : सोमवार, जेष्ठ ५, २०८२



  • कैलाली । निर्माणाधीन पुलबाट खस्दा बाँकेको राप्ती सोनारी गाउँपालिका–४ भगवानपुरका एक युवकको मृत्यु भएको छ ।

    २७ वर्षीय दीपेन्द्र थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

    जिल्लाको घोडाघोडी नगरपालिका–१२ र ५ जोड्ने कान्द्रा नदीमा झोलुङ्गे पुल निर्माणका लागि कामदारका रुपमा आएका थारु सात फिट तल खसेका थिए ।

    अवस्थीका अनुसार आइतबार बेलुका खाना खाइसकेपछि उनी घरमा फोन गर्न बसेको स्थानबाट नेटवर्क आउने ठाउँतिर गएका थिए ।

    सोही क्रममा उनी पुलबाट खसेका अनुमान गरिएको छ । आज बिहान मात्रै अन्य कामदारले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    दीपेन्द्रको शव आफन्तको जिम्मा लगाइ शव परीक्षणका लागि टिकापुर अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक अवस्थीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij