शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुर्खेत जाँदै गरेको बस म्याग्देमा दुर्घटना हुँदा २५ जना घाइते

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ६, २०८२



  • तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

    पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना५ख ६८४१ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन् ।

    चालकले नियन्त्रण गुमाउँदा बस सडकदेखि अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो ।

    बस दुर्घटनामा घाइतेको प्रदेश अस्पताल दमौली, रत्नहरि अस्पताल दमौली र म्याग्दे पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

    दुर्घटनामा बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २९ वर्षीय शेरबहादुर वली, सहचालक कास्कीको पोखरा महानगरपालिका–२१ बस्ने २६ वर्षीय सञ्जय अधिकारी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २८ वर्षीय अशोक विकसमेत घाइते भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij