शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अन्नपूर्ण आधार शिविरलाई खेलकुदमार्फत प्रवर्धन गरिने

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २२, २०८२



  • म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरलाई खेलकुद पर्यटनसँग जोड्ने पहल थालिएको छ ।

    अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’मा पहिलो पटक म्याराथन दौड प्रतियोगितामार्फत आधार शिविर क्षेत्रमा खेलकुद पर्यटन प्रवद्र्धनको सम्भावना उजागर गरिएको हो ।

    समुद्री सतहबाट चार हजार १९० मिटर उचाइमा रहेको आधार शिविरबाट नारच्याङ गाउँसम्म सञ्चालन भएको म्याराथन दौड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउँदै यसले आधार शिविरमा खेलकुदमार्फत पर्यटन प्रवर्धन गर्न सकिने आधार तयार गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए

    आधार शिविरबाट नारच्याङ गाउँसम्मको ३८ किलोमिटर दूरीको मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा ४० जनाको सहभागिता थियो ।

    हिमपात भइरहने आधार शिविरमा खेलकुद प्रतियोगिता आयोजना भएपछि स्थानीय खेलाडी उत्साहित बनेका छन् ।

    उच्च स्थानअन्तर्गत आधार शिविरमा पहिलो पटक आयोजना गरिएको म्याराथन दौड प्रतियोगिताले यस क्षेत्रमा खेलकुदका गतिविधिमार्फत पर्यटन प्रवद्र्धनमा लाग्न प्रेरित गरेको नारच्याङका पर्यटन अभियन्ता तेज गुरुङले बताए ।

    प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यहाँ यसअघि प्रकृतिमा रमाउन पर्यटक आउने गरेकामा अब साहसिक खेलकुद गतिविधिमा सहभागी हुने पनि आउने उनले विश्वास व्यक्त गरे । खेलकुदमार्फत पर्यटकलाई यहाँ भित्र्याउन सकिने सम्भावना बढेको उनको भनाइ छ ।

    उच्च हिमाली क्षेत्रमा अल्ट्राम्याराथन दौड प्रतियोगिता प्रचलित मानिन्छ । हिमाली क्षेत्रमा आयोजना हुने खेलकुदका गतिविधि साहसिक मानिने भएकाले यसको चर्चा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा हुने गर्दछ ।

    पहिलो पटक जिल्ला स्तरीय म्याराथन दौड आयोजना भएको बताउँदै आगामी दिनमा आधार शिविरबाट राष्ट्रिय स्तरको अल्ट्राम्याराथन दौड प्रतियोगिता आयोजना गर्न सकिने गण्डकी प्रदेश एथलेटिक्स सङ्घका कोषाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार हीरक महोत्सवको अवसरमा आयोजित म्याराथन दौडको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जितेका छन् ।

    सन् १९५० जुन ३ का दिन फ्रान्सका मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवर्धन गर्ने उद्देश्यले हीरक महोत्सव मनाइएको हो ।

    अन्नपूर्ण गाउँपालिकाले दुई वर्षअघि अन्नपूर्ण आरोहण दिवसको अवसरमा आधार शिविरमा छोटो दूरीको दौड तथा विविध खेलकुद प्रतियोगिता आयोजना गरेको थियो ।

    हिमाली भूगोलमा खेलकुदका गतिविधिबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चर्चित खेलाडीमार्फत पर्यटन प्रवर्धन गर्ने योजना रहेको गाउँपालिका कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij