शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एकैसाथ तीन वायु सक्रिय, यी ६ प्रदेशमा भारी वर्षा

  • प्रकाशित मिति : शनिबार, जेष्ठ ३१, २०८२



  • काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, देशको पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ ।

    यस प्रणालीको असरस्वरूप देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विशेषगरी कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित वर्षा मापन गरिएको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरू, मधेस प्रदेश, तथा देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको चेतावनी छ।

    साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपातको समेत सम्भावना छ। बाँकी अन्य हिमाली तथा उच्च पहाडी भूभागमा पनि यदाकदा हिमपात हुन सक्ने जनाइएको छ।

    आज राति मौसम अझ सक्रिय हुने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

    कोशी प्रदेशका केही भू–भागमा तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

    सतर्कता अपनाउन आग्रह
    महाशाखाले सम्भावित भारी वर्षाको असर दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा पर्न सक्ने जनाउँदै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। बाढी, पहिरो तथा जलस्रोतको सतर्क निगरानी आवश्यक रहने महाशाखाको सुझाव छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij