शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, असार १९, २०८२



  • रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहेका छन् ।

    बुधवार साथीहरूसँग खोलामा नुहाउन गएका बुढाथोकी डुबेर बेपत्ता भएका थिए । उनका सबै साथीहरू सुरक्षित रूपमा फर्किए पनि उनी खोलाबाट ननिस्किएपछि खोजी थालिएको थियो । खोजी गर्ने क्रममा खिम्ती खोलामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    बुढाथोकी हिमाल पावर हाइड्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । खिम्ती खोलाको नामाडी र बेताली खोला संगमस्थलमा जमेको गहिरो दहमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

    शवलाई पोस्टमार्टमका लागि प्रहरीले मन्थली ल्याइएको छ । शव मन्थली नगर अस्पतालमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij