शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मनसुन थप सक्रिय : देशभर भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन आग्रह

  • प्रकाशित मिति : शनिबार, साउन ३, २०८२



  • काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय भएसँगै शनिबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै रहेकाले आगामी दिनमा मौसम थप सक्रिय हुने जनाएको छ ।

    महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । विशेषगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको प्रबल सम्भावना छ । बाँकी भू-भागका थोरै स्थानमा पनि वर्षाको पूर्वानुमान गरिएको छ । यसैगरी, देशका उच्च-पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ ।

    हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    महाशाखाले सम्भावित वर्षाले निम्त्याउन सक्ने जोखिमप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । वर्षाका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको छ भने सहरी तथा तराईका क्षेत्रहरूमा डुबानको खतरा बढेको छ ।

    ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले नदीतटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन भनिएको छ । महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई सम्भावित विपत्तिबाट बच्न आवश्यक पूर्वतयारीमा जुट्न र सतर्क रहन विशेष अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij