शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बाजुराको हिमालीमा जिप दुर्घटनामा परी २ जनाको मृत्यु, २६ यात्रु सवार रहेको पुष्टि

  • प्रकाशित मिति : बिहिबार, साउन ८, २०८२



  • काठमाडौं । बाजुराको विकट हिमाली गाउँपालिकामा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् । प्रारम्भिक जानकारी अनुसार, दुर्घटना गाउँपालिकाको वडा नम्बर ५ स्थित क्युडी भन्ने स्थानमा भएको हो ।

    हिमाली गाउँपालिकाका वडा अध्यक्ष प्रदीप बुढथापाले दिएको जानकारी अनुसार, कच्ची सडकमा गुडिरहेको जिपमा क्षमताभन्दा बढी २६ जना यात्रु सवार थिए । दुर्घटनामा परी हिमाली गाउपालिका-५ की ७६ वर्षीया बाचा रोकाया र सोही गाउँकी-७५ वर्षीया विजौरा रोकायाको घटनास्थलमै मृत्यु भएको हो ।

    किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ज ०३३८ नम्बरको जिप दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको र घाइतेहरुको उद्धार कार्य जारी रहेको बताइएको छ ।

    खबर पाउनसाथ स्थानीय र प्रहरी उद्धारमा खटिएका थिए । घाइतेहरुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाने तयारी भइरहेको छ । कच्ची बाटो र क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij