शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मुस्ताङचोक दुर्घटना अपडेटः गम्भीर घाइते गौतमको उपचारका क्रममा मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, साउन ३०, २०८२



  • पोखरा । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २१ का २२ वर्षीय सुजन गौतम छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका गौतमको गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    सोही दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका वडा नं १७ विरौटाका २२ वर्षीय सुगम श्रेष्ठको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    पोखरा १७ मुस्ताङचोकमा ग१ख ७९२९ नम्बरको ट्रिपरमा प्र३-०२-०१३-प ५८०४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    बिहान करिब ६ बजे मुस्ताङचोकमा पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ट्रिपर राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किएको हो ।

    तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई टिपर मुनिनै छिरेको प्रत्यक्षदर्शी स्थानीयले जानकारी दिएका छन् ।

    टिप्पर चालक धादिङका ४३ वर्षीय मित्रलाल श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij