शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, भदौ ११, २०८२



  • काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    बूढानीलकण्ठ नगरपालिका-३ चपली चोकमा बागमती प्रदेश ०२-०५० प ०७८९ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

    दुर्घटनामा परी घाइते भएका बूढानीलकण्ठको भंगाल बस्ने २८ वर्षीय कवी गुरूङको उपचारको क्रममा मृत्यु भएको हो।

    एसपी बोहराका अनुसार मंगलबार राति साढे ९ बजे मोटरसाइकल देउवा चोकबाट चपली तर्फ जाँदै थियो। त्यसक्रममा अनियन्त्रित भएर सडक छेउमा ठोक्किएर फेरि ट्याक्सीको लुकिङ ग्लासमा ठोक्किएको थियो।

    बा २ ज ४९११ नम्बरको ट्याक्सी पनि चपलीतर्फ गइरहँदा दुर्घटना भएको हो।

     

    घाइते भएका कविलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो। मध्यराति १ बजेतिर ह्याम्स अस्पतालमा रिफर गरिएको प्रहरीले जानएको छ।

    त्यहाँ उपचारको क्रममा बुधबार बिहान ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको एसपी बोहराले बताए।

    प्रहरीले ट्याक्सी चालक र ट्याक्सीलाई नियन्त्रणमा लिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij