आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोशीका योजनामन्त्री चढेको गाडीले बालिकालाई ठक्क दियो

  • प्रकाशित मिति : शनिबार, भदौ २१, २०८२



  • २१ भदौ, काठमाडौं । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा सहभागी हुने क्रममा कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले बालिकालाई ठक्कर दिएको छ ।

    दोस्रो दिनको बन्दशत्रमा सहभागी हुन जाने क्रममा मन्त्री चढेको गाडीले हरिसिद्धि घुम्तीमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको हो ।

    गाडीले बालिकालाई ठक्कर दिएपछि स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका थिए । स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएर मन्त्री चढेको गाडी नरोकी सरासर हिँडेको थियो ।

    बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको एमले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनमै जानकारी गराएका थिए ।

    दुर्घटना भएपछि स्थानीयले सडक अवरुद्ध गरेपछि उनले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेको आरोपसमेत लगाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij