आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालका यी प्रदेशबाट बाहिरियो मनसुन

  • प्रकाशित मिति : सोमवार, अशोज २०, २०८२



  • काठमाडौं । यो वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ । सोमबार देशका केही भू-भागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले सोमबार जारी गरेको मनसुन बहिर्गमन बुलेटिनमा उल्लेख छ- ‘आज मिति २०८२ असोज २० का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको छ ।’

    देशमा मनसुनी वायु कमजोर हुँदै गएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । मनसुन भित्रने सरदर मिति जुन १३ हो । तर, ठ्याक्कै यही मितिमा मनसुन भित्रने र बाहिरिने भन्ने हुँदैन । हरेक वर्ष फरक–फरक हुनसक्छ । यो वर्ष सरदरभन्दा १५ दिनअगावै अर्थात् मे २९ मा नेपालमा मनसुन भित्रिएको थियो । तर, देशभर विस्तार हुन २३ दिन लागेको थियो ।

    बंगालको खाडी हुँदै मनसुन कोसी प्रदेशबाट भित्रन्छ र क्रमशः देशभर फैलन्छ । सुदूरपश्चिमबाट क्रमशः कोसी प्रदेश नै हुँदै मनसुन बाहिरिन्छ । त्यसपछि मात्र मौसम महाशाखाले देशबाट मनसुन बाहिरिएको घोषणा गर्छ।

    अहिले भने लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पूर्वी भेग तथा मधेस र कोसी प्रदेशका पूरै क्षेत्रमा मनसुनको प्रभाव कायमै छ।

    गत वर्ष भने मनसुन अक्टोबर १२ तारिखका दिन नेपालको पूरै क्षेत्रबाट बाहिरिएको थियो।

    मनसुन चार महिना जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ। मनसुन अवधिमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत हाराहारीमा पानी पर्ने गरेको मौसमविद्को भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij