शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मनसुनको बहिर्गमनसँगै देशभर चिसो बढ्दै, पश्चिमी वायु सक्रिय

  • प्रकाशित मिति : मङ्लबार, अशोज २१, २०८२



  • काठमाडौं । मुलुकबाट मनसुन बिस्तारै बाहिरिएसँगै देशभर चिसो बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूले मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको र पश्चिमी वायु सक्रिय हुन थालेकाले तापक्रममा गिरावट आएको जानकारी दिएका छन् ।

    महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सोमबार गण्डकी प्रदेशदेखि पश्चिमका अधिकांश भूभागबाट मनसुन हटिसकेको घोषणा गरिएको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव देखिएको छ । देशका बाँकी भूभागमा भने मनसुनी वायुको कमजोर प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ ।

    मौसमविद् लामिछानेले भने, ‘अब बिस्तारै तापक्रम कम हुन थालेको छ। बिहान-बिहान हल्का चिसो महसुस हुन थालेको छ।’ दिउँसो घाम लाग्ने भएकाले तापक्रम कम भएको खासै महसुस नहुने भए पनि बिहान भने चिसो बढ्न थालेको उनको भनाइ छ ।

    अक्टोबर महिना लागेयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम औसतमा १८ डिग्री सेल्सियसमा झरेको छ, जुन यसअघि २१ डिग्री सेल्सियस थियो । ‘अब तापक्रम क्रमिक रूपमा घट्दै जान्छ,’ लामिछानेले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij