शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मनसुनी प्रभाव : आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

  • प्रकाशित मिति : मङ्लबार, अशोज २१, २०८२



  • काठमाडौं । पश्चिमी वायु र मनसुनी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभाग लगायत गण्डकी प्रदेशमा बदली भई केही स्थानमा मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

    हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ । बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्छ ।

    आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बाँकी पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी तराई भूभागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्नेछ ।

    महाशाखाले वर्षा र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी पहाडी क्षेत्रमा भूक्षय र बाढीको जोखिमलाई ध्यानमा राख्न अनुरोध गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij