शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आजको मौसम : पश्चिममा झरी, पूर्वमा आंशिक बदली

  • प्रकाशित मिति : बुधबार, अशोज २२, २०८२



  • काठमाडौँ । पश्चिमी वायुको प्रभाव र मनसुनी तथा स्थानीय वायुको कमजोर प्रभावका कारण आज देशका विभिन्न भूभागमा मौसम बदली भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरैजसो स्थानहरूमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानहरूमा पनि यसको असर परेको छ ।

    आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा सामान्य बदली देखिएको थियो । देशका अन्य भूभागमा भने आंशिक बदली मात्र रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहानको समयमा सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका साथै बागमती प्रदेशका केही स्थानहरूमा र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

    आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ । तराईका बाँकी भूभागमा भने आंशिक बदली रहनेछ । यसैगरी, दिउँसोको समयमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

    आज राति भने कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । रातिको समयमा कोशी र मधेस प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    मौसममा आएको यो परिवर्तनले जनजीवनमा केही प्रभाव पार्न सक्ने भएकाले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन् । विशेषगरी पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij