शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

शरीर बन्धक तथा ठगी गर्ने पाँच बङ्गलादेशीसहित सात जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, माघ २२, २०८२



  • काठमाडौं । नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–८ भङ्गालस्थित एक घर भाडामा लिइ वैदेशिक रोजगारीका लागि इटाली देश पठाइदिने भनी बङ्गलादेशी नागरिकलाई बङ्गलादेशबाट काठमाडौँ बोलाइ बन्धक बनाइ ठगी गर्ने सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

    पक्राउपर्नेमा बङ्गलादेश घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल मामुन, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन, ४० वर्षीय यमडी मसिभुर रहमान, भारतका ४१ वर्षीय सरोज कुमार र नुवाकोटका ३२ वर्षीय शशि पाठक छन्।

    परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बङ्गलादेशी नागरिकलाई घरमा बन्धक बनाइ ठगी गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका सातै जनालाई जिल्ला अदालत काठमाडौंबाट शरीर बन्धक तथा ठगीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij