शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ललितपुरबाट २ किलोभन्दा बढी लागू औषधसहित एक जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, साउन ५, २०८३



  • काठमाडौँ । ललितपुरको नख्खु फुलबारीबाट २ किलो ७ सय ९३ ग्राम लागू औषध पोल्याडसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका–२५ नख्खु बस्ने २८ वर्षीय तिर्थ बहादुर थोकर रहेका छन्।

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, नख्खु फूलबारी मार्गस्थित क्षेत्रमा लागू औषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको सादा पोशाकको टोलीले थोकरलाई नियन्त्रणमा लिएको हो। थोकरको साथबाट प्लास्टिकसहित २ केजी ७ सय ९३ ग्राम पोल्याड जस्तो देखिने लागू औषध र १ थान डिजिटल तराजु समेत बरामद गरिएको छ।

    प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पक्राउ परेका उनीमाथि ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij