शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

शृङ्खलाबद्ध लुटपाटको अभियोगमा पक्राउ

  • प्रकाशित मिति : बुधबार, बैशाख २३, २०८३



  • काठमाडौं । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ गरेका छन् ।

    काठमाडौँ महानगरपालिका–२९ इन्द्रचोकस्थित एक सुनचाँदी पसलमा हतियार देखाइ लुटपाटको प्रयास गरेको अभियोगमा दुई जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो ।

    लुटपाटमा संलग्न भक्तपुरको थिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक र काठमाडौँ महानगरपालिका–१९ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेललाई जिल्ला प्रहरी पसिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

    उनीहरूबाट चिनियाँ पेस्तोल र त्यसको म्यागजिन, गोली र एक थान तथा सो समयमा प्रयोग भएको कपडा र स्कुटरसमेत बरामद गरिएको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

    उनीहरूले गत पुस २१ गते काठमाडौँ महानगरपालिका–२५ मासन गल्लीस्थित एक होलसेल पसलमा पनि पेस्तोल देखाई दुई तोलाको सुनको सिक्री, नगद रु चार लाख, मोबाइल र सिसीटिभीसमेत लुटेको अनुसन्धानका क्रममा खुलेको छ ।

    निजमाथि थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij