मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

सशस्त्रको हेडक्वाटरमा आगलागी, सात वटा सवारीसाधन जलेर नष्ट

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ २१, २०८३



  • काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालय हलचोक परिसरमा बुधबार राति भीषण आगलागी भएको छ।

    प्रारम्भिक जानकारीअनुसार मुख्यालय परिसरमा पार्किङ गरी राखिएको एउटा मोटरसाइकलबाट आगो सुरु भएको र त्यसले फैलिँदै सात वटा सवारीसाधनमा क्षति पुर्‍याएको छ।

    प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा अचानक आगो देखिएपछि केही मिनेटमै आगोले छेउछाउमा पार्क गरिएका अन्य सवारीसाधनमा पनि आगलागी भएकाे छ । आगलागीका कारण कम्तीमा सात वटा सवारीसाधन पूर्ण वा आंशिक रूपमा जलेका छन्। केही सरकारी प्रयोजनका गाडीहरूमा समेत क्षति पुगेको बताइएको छ।

    आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा काठमाडौं महानगरपालिकाका दमकलहरू परिचालन गरिएको थियो। सुरक्षाकर्मीको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको छ।

    घटनाबाट मानवीय क्षति नभएको प्रारम्भिक विवरण प्राप्त भएको छ। सवारीसाधन तथा अन्य भौतिक संरचनामा ठूलो आर्थिक क्षति पुगेको अनुमान गरिएको छ।

    आलागीको वास्तविक कारण, क्षतिको यकिन विवरण तथा आगो कसरी फैलियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ। घटनास्थलमा प्राविधिक टोलीले निरीक्षण गरिरहेको सुरक्षा स्रोतले जनाएको छ।

    यस घटनापछि मुख्यालय परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ भने क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij