DIGP ओम अधिकारीले इलाका प्रहरी कार्यालय कोल्हवीको निरीक्षण तथा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख डिआईजी ओम प्रसाद अधिकारीले इलाका प्रहरी कार्यालय कोल्हवी, बाराको विभिन्न शाखाहरूको निरीक्षण गर्नुभएको छ।
निरीक्षणका क्रममा उहाँले कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई विभागीय नीति, निर्देशन तथा निर्धारित लक्ष्यअनुरूप त्रुटिरहित ढंगले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। साथै, प्रहरीले नागरिकलाई प्रदान गर्ने सेवालाई निःस्वार्थ, निष्पक्ष, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउन जोड दिनुभयो।
यसैगरी, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा उद्योगी–व्यवसायीहरूसँग सवारी दुर्घटना न्यूनीकरण, चोरी नियन्त्रण, लागूऔषध नियन्त्रणलगायतका समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गर्नुभयो।
उक्त अन्तरक्रियामा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउन र प्रहरी–नागरिकबीचको सहकार्यलाई थप सुदृढ गर्दै सुरक्षित समाज निर्माण गर्न आवश्यक समन्वय र सहकार्यका विषयमा छलफल भएको थियो।