प्रकाशित मिति : बिहिबार, अशोज २९, २०८३
जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान करिब २:०० बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुर्घटनामा परेर जिप चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्याला बस्ने २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्याला बस्ने दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।
यसैगरी, दुर्घटनामा परी जुनिचाँदे गाउँपालिका–३ स्याला बस्ने ३० वर्षीय दिलबहादुर भण्डारी, उनका ४ वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन्। घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ भने उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।
घाइतेहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij