प्रकाशित मिति : बिहिबार, अशोज २९, २०८३
बिनिता शर्मा,काठमाडौ । सर्लाही जिल्लामा ज्यान केश लागेका फरार प्रतिबादी २ थान पेस्तोल सहित पक्राउ परेका छन।


सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नम्बर १ बाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पेस्तोल तथा गोलीसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा उनि पक्राउ परेका हुन।
उनको साथबाट ‘MADE IN U.S.A.’ लेखिएको पेस्तोल थान–१, नाम नखुलेको अर्को पेस्तोल थान–१, म्यागजिन थान–३ र गोली १५ राउन्ड बरामद गरिएको हो ।
पक्राउ परेका थापा र बरामद हातहतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखि थप अनुसन्धान भईरहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रबक्ता SSP प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij