शनिबार, कार्तिक १, २०८३ | Saturday 17th October 2026

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

  • प्रकाशित मिति : शुक्रबार, अशोज ३०, २०८३



  • काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन् ।

    लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज उनीहरूबीच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो ।

    त्यस अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिका र भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा सेनाले पुर्‍याएको महत्त्वपूर्ण योगदानको उच्च प्रशंसा गरे ।

    प्रधान सेनापति सिग्देलले देशभरको सुरक्षा प्रबन्ध, सीमा सुरक्षा र शान्तिसुरक्षाको वर्तमान अवस्था तथा भोटेकोशी विपत्तीमा सेनाले गरेको उद्धार कार्यबारे जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट
    सरकारको कार्यप्रगति ब्रिफिङ: ६११ जनाको नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाही
    पुलिस ब्याटनमा प्रथम हुँदै SSP ज्ञानेन्द्र प्रसाद फुयाँल ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय प्रमुख’ घोषित
    बाढीले बगायो म्याग्दीको चर्चित तातोपानी कुण्ड, एक करोडको संरचना ध्वस्त
    खस आर्य सहमहामन्त्रीमा आचार्यको अग्रता, केसी १८१ मतले पछाडि
    दुःखद खबर : दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    सर्लाहीमा ज्यान केशका फरार प्रतिबादी २ थान पेस्तोल सहित पक्राउ
    कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित
    नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
    जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij