प्रकाशित मिति : शुक्रबार, कार्तिक १२, २०७३
शान्ति सुरक्षा प्रभावकारी बनाउन सदरमुकामस्थित तौलिहवा बजारमा सीसीटीभी जडान गरिएको छ । मुख्य बजारका नयाँटोल, जमुवार, गौढीचौक र चोकबजारमा जडान गरिएको हो ।
त्यस्तै बहादुरगन्ज चोक, प्रशासन कार्यालय चोक र बैंक रोडमा पनि क्यामरा जडान गरिएको छ । अहिले चौबीसैं घण्टा यसबाट निगरानी थालिएको छ । प्रत्येक क्यामराको अनुगमन जिल्ला प्रहरीमा रहेको प्रहरी कन्ट्रोल रुममा रहेको ४५ इन्चको स्क्रिनबाट भइरहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij