प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६
एजेन्सी । वास्तुशास्त्रका अनुसार पानी, आगो, वायु, आकाश र पृथ्वी तत्वका लागि अलग अलग दिशा छुट्याईएको छ। घरमा यी तत्वसँग जोडिएका चिज पनि सहि दिशामा राख्नुपर्ने हुन्छ। नत्र वास्तु दोष लाग्ने गर्दछ ।
ज्योतिष एवं वास्तु आचार्य पण्डित गणेश मिश्रका अनुसार पूर्व र उत्तर दिशा पानीका लागि बढि उत्तम मानिन्छ। सो स्थानमा जल स्थल ट्याँकी राख्नुपर्दछ। जसको प्रभावले स्वास्थ्यमा कुनै समस्या देखिँदैन। अन्यथा परिवारका सदस्यमा रोग देखिन सक्छ।
यस दिशामा राख्नु हुँदैन पानी
दक्षिण पूर्वी दिशामा पानीको ट्याङ्की राख्नु उपयुक्त मानिँदैन । यसलाई अग्नीको दिशा मानिन्छ। अग्नी र पानीको मेलबाट गम्भीर वास्तु दोष उत्पन्न हुने गर्दछ। दक्षिण दिशामा पानीको ट्याङ्की या भूमीगत ट्यांकी राख्नु राम्रो मानिँदैन। यसले परिवारमा अशान्ति र धनमा हानी हुने गर्दछ।
दक्षिण पश्चिम दिशा अर्थात नैऋत्य कोणमा पनि पानी राख्नु अशुभ नै मानिन्छ । यस स्थानमा पानी राख्नाले घरमा रोग भित्रिने भए हुन्छ भने घरमा ऋण लाग्ने गर्दछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij