मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

धोबीघाटमा स्कोरपियो, पिकअप भ्यान र मोटरसाइकल जुध्यो, २ को मृत्यु

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • ललितपुर महानगरपालिका -३ धोबीघाटस्थित नयाँ बाटो रिङरोडमा स्कोरपियो, पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

    एकान्तकुनाबाट बल्खुतर्फ आउँदै गरेको बा १६ च ४७४३ स्कोरपियो गाडीले बल्खुबाट एकान्तकुनातर्फ जाँदै गरेको बा ११ च ८९४९ बोलेरो गाडी, बा १२ च ५७७६ नम्बरको महेन्द्रा पिकअप भ्यान र बा ४३ प ९८६३ नम्बरको पल्सर मोटरसाइकललाई आइतबार अपरान्ह ठक्कर दिएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र सवार यात्रुलाई उपचारका लागि नर्भिक अस्पताल लगे पनि अस्पतालले मृत घोषणा गरिसकेको ललितपुर प्रहरीका डिएसपी नारायण चिमोरियाले सेतोपाटीलाई बताए।

    दुर्घटनामा परी नुवाकोट घर भई काठमाडौं कलंकी बस्दै आएका मोटरसाइकल चालक २८ वर्षीय चन्द्रमणि मुडवडी र मोटरसाइकलको पछाडि बसेका ललितपुर गोदावरीका ४० वर्षीय गोविन्द शर्माको मृत्यु भएको हो। उनीहरू पेशाले पत्रकार हुन्।

    ठक्कर दिने सवारी चालकलाई प्रहरीले नियन्त्रणमा राखिएको चिमोरियाले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij