प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६
काठमाडौं । ललितपुरको सानेपामा भएको दुर्घटनामा ज्यान गुमाउँने दुइ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा ललितपुर गोदावरी निवासी गोविन्दप्रसाद शर्मा र नुवाकोट निवासी चन्द्रमणि मूडभरी रहेका छन् ।
सानेपास्थित नयाँ बाटोमा स्कर्पियाले मोटरसाइकललाई ठक्कर दिएको थियो । ज्यान गुमाउँने गोविन्द शर्मा कृषि पत्रकार हुन् । शर्मा प्रेस सेन्टर नेपालका काठमाडौं जिल्ला अध्यक्ष समेत हुन् ।



कोटेश्वरबाट बल्खुतर्फ आउँदै गरेको स्कर्पियो गाडिले बल्खुबाट काटेश्वरतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
घाइतेलाई अस्पताल ल्याउदै मृत्यु भईसकेको अस्पतालले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij