मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

माद्यमिक तहका विद्यार्थीलाई समुदाय–प्रहरी साझेदारी सम्बन्धि जनचेतना

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६



  • रुपन्देही । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत बुटवलको दियालो फुडल्यान्डमा जनचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ।

    नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त आयोजनामा रुपन्देहीस्थित कान्ति मावि, उजिर सिंह मावि र कालिका मानव ज्ञान माविमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त जनचेतनामूलक कार्यक्रम संचालन गरिएको हो।

    कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले बढ्दो शहरीकरण र आधुनिकीकरणसँगै लागूपदार्थ दुर्व्यसन, घरेलु हिंसा, मानव बेचबिखन, सामाजिक संजालको दुरुपयोगबाट हुने विद्युतिय अपराधहरु बढ्दै गइरहेकोले यस्ता अपराधबाट सचेत रहनुपर्ने बताए।

    समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई केन्द्रदेखि टोलसम्म क्रियाशील र जनकेन्द्रित बनाउने नेपाल प्रहरी श्रीमती संघको उद्देश्य रहेको समेत उनले चर्चा गरे। सो अवसरमा रुपन्देही जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले समेत समुदाय–प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए।

    कार्यक्रममा लागूऔषध दुर्व्यसन, घरेलु हिंसा र यौन हिंसा लगायतका विषयमा प्रहरी निरीक्षक पुर्णिमा चन्दले प्रस्तुतीकरण गरेका थिए। सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु, विद्यार्थीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij