प्रकाशित मिति : मङ्लबार, जेष्ठ २१, २०७६
बारा । बारामा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको कलैया उपमहानगरपालिका २४ श्रीपुरस्थित पिलुवा सडकमा ना ८ ख ३१२९ नम्बरको टिपरले ना १६ प ९७५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार ३५ वर्षीया खुश्बुन नेशाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही उपमहानगरपालिका(२६ बस्ने ४२ बर्षीय जाकिर हुसेनलाई जिल्ला अस्पताल कलैया हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज बीरगंज पठाइएको छ।
टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij