मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बगैंचाबाट सुन्दर फूल लिएर आउ, युवक खाली हात फर्किए–सन्तले भने

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६



  • काठमाडौं। एउटा पुरानो लोककथाका अनुसार एक युवक प्रशिद्ध सन्तकहाँ गए र भने–स्वामीजी म छाटो समयमा सबैभन्दा अगाडि पुग्न चाहन्छु, मलाइ यस्तो उपाय बताइ दिनुस् जसबाट म सिधै मेरो लक्ष्य भेट्टाउन सकूँ।’

    सन्तले भने–ठिक छ म तिमीलाई त्यो उपाय बताइ दिन्छु, तर तिमीले त्यो भन्दा पहिला मेरो एउटा काम गर्नुपर्छ। मेरोे बगैंचामा गएर दुई वटा सुन्दर फूल टिपेर ल्याउ। तर के कुरा ध्यानमा राख्नु भने एक पटक अगाडि बढिसकेपछि पछाडि फर्केर फूल टिप्न पाइँदैन।’

    युवकले भने–म अहिले नै फूल टिपेर ल्याउँछु। यो त सानो काम त हो नी।’ युवक सन्तको बगैंचामा गए। उनले सुरुमै सुन्दर फूल देखे। युवले यो भन्दा अगाडि झन सुन्दर फूल हुन सक्छन् भन्ने लाग्यो र सुन्दर फूलको खोजीमा अगाडि बढे। जब उनी बगैंचाको पल्लो छेउमा पुगे, त्यहाँ सुन्दर फूल थिएनन, त्यहाँ त ओइल्याएर झर्न लागेका फूलमात्र थिए। यो देखेर युवक निरास हुँदै खाली हात सन्तकहाँ फर्किए।

    सन्तले सोधे–तिमीले गुलावको फूल नदिइ किन खाली हात आयौ?’ युवकले भने–स्वामीजी बगैंचामा निकै सुन्दर फूल थिए। तर म सबैभन्दा सुन्दर फूलको खोजीमा थिएँ। त्यही भएर म बगैंचाको पल्लो छेउसम्म पुगेँ। तर बगैंचाको पल्लो छेउमा सबै फूल ओइलाएर झर्न लागेका रहेछन्। त्यही भएर म खाली हात आएँ।’

    सन्तले युवकलाई सम्झाउँदै भने–हाम्रो जीवन पनि यस्तै हो। त्यसो हुनाले प्रारम्भबाट नै काम गर्न सुरु गर्नुपर्छ। अवसर आउने वित्तिकै त्यसको उपयोग गर्नुपर्छ। धेरै राम्रो अवसरको खोजीमा हातमा आएका अन्य अवसरलाई गुमाउनु हुँदैन। नत्र अन्तिममा खाली हात फर्किनुपर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij