मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मन्त्री बस्नेत भन्छन्, “स्वच्छ वातावरण सबैको पहिलो शर्त बन्नुपर्छ”

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २२, २०७६



  • नेपालगञ्ज । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विश्वको वातावरण सन्तुलन बनाई राख्न प्रत्येक व्यक्तिको सकारात्मक भूमिका हुनुपर्ने बताएका छन् ।

    विश्व वातावरण दिवसका अवसरमा आज यहाँ प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वातावरण बिग्रन नदिन संस्थागत, समूहगत र एकल प्रयास आवश्यक हुने विचार व्यक्त गरे।

    “यस वर्षको विश्व वातावरण दिवसको नारा ‘स्वच्छ वायु, स्वस्थजीवन’को नारालाई सार्थक बनाउन सरकारले सरोकारवाला पक्षसँग मिलेर काम गर्ने योजनाबनाएको छ”, उनले भने। वातावरणको सुरक्षा सबैको पहिलो शर्त बन्नुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले सरकारले नै सबैथोक गर्छ भन्ने प्रवृत्ति भयो भने हामी कुनै पनि लक्ष्यमा पुग्न नसक्ने बताए।

    यसअघि वन तथा वातावरण मन्त्रालयको अगुवाइमा नेपालगञ्जमा गरिएको प्रभातफेरीमा मन्त्री बस्नेत, मन्त्रालयका सचिव विश्वनाथ वलीलगायत सरोकारवाला पक्षको सहभागिता थियो। नेपालगञ्ज बजार क्षेत्रको परिक्रममा गरेको प्रभातफेरीमा सहभागीले वातावरण जोगाउने नारासहितको प्लेकार्ड र व्यानर प्रदर्शन गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij