मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

त्रियुगा नगरपालिकाले बाँड्यो ३० पत्रकारलाई ल्यापटप

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६



  • २६ जेठ, काठमाडौं । तल्लो तहका सरकारहरुमा आर्थिक अपचलनको गुनासो बढिरहेका बेला उदयपुरको त्रियुगा नगरपालिकाले ‘प्रविधि हस्तान्तरण’ भन्दै पत्रकारलाई ल्यापटप वितरण गरेको छ ।

    केही दिनअघि एक कार्यक्रमको आयोजना गरी उदयपुरको गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका ३० पत्रकारहरुलाई एक/एक थान ल्यापटप बाँडिएको हो ।

    मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेका थिए । सत्य, तथ्य र निष्पक्ष समाचार लेखन कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले पत्रकारलाई ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ । उक्त ल्यापटपको मूल्य ४५ हजार रुपैयाँ रहेको छ ।

    प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत नगरपालिकाले १२ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि विनियोजन गरेको थियो । यसपटक ल्यापटप नपाउने पत्रकारलाई अर्को वर्ष वितरण गरिने नगरपालिकाले बताएको छ ।

    नगरपालिकाका सूचना अधिकारी विश्वजित राईले स्थानीय पत्रकार प्रवर्द्धन कार्यक्रममार्फत ल्यापटप वितरण गरिएको जानकारी दिए । ‘पत्रकार साथीहरुको मागसमेतलाई ध्यान दिँदै ३० वटा ल्यापटप वितरण गरिएको छ,’ सूचना अधिकारी राईले भने, ‘पत्रकारको वृत्ति विकासका लागि यो कार्यक्रम राखिएको यो, यसलाई निरन्तरता दिने नगरको योजना छ ।’

    उनका अनुसार पत्रकार कौशल चेम्जोङ संयोजकको संयोजकत्वमा एक समिति बनाएर ल्यापटप वितरणका लागि पत्रकारको नाम छनोट गरिएको थियो ।

    नेपाल पत्रकार महासंघ, उदयपुर शाखाका अध्यक्ष भरत खड्काले स्थानीय पत्रपत्रिका तथा रेडियो आर्थिक रुपमा धरासायी भएको भन्दै नगरले सहयोग गरेको बताए । वितरण गरिएको एउटा ल्यापटप आफ्नो भागमा पनि परेको उनले खुशी व्यक्त गरे ।

    ‘विराटनगरले त पत्रकारलाई पैसा नै बाँड्ने गरेको सुनेको छु, ल्यापटप बाँड्नुलाई नकारात्मक रुपमा लिन आवश्यक छैन,’ भने ।

    महासंघले ल्यापटप माग भने नगरेको अध्यक्ष खड्काको दावी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij