मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

छाउपडीले महिला मर्कामा

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६



  • डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा एक वर्षमा छाउपडीका कारण १६ महिला तथा बालबालिकाको मृत्यु भएको छ ।

    अछाममा १३ र बाजुरामा तीनको मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख झङ्करबहादुर रावलले जानकारी दिए । छाउपडीले महिला र बालबालिका मर्कामा पर्दै आएका छन् ।

    महिला तथा बालबालिका छाउगोठमा आगो तथा धुवाँले निस्सासिएर, सर्पले टोक्ने लगायतका कारणले मृत्यु भएको हो । मानव अधिकार उलङ्घन र जातीय छुवाछूत, भेदभाव तथा छाउपडी कायमनै रहेको महिला अधिकारकर्मी तथा अधिवक्ता आरती जोशीले जानकारी गराइन् ।

    चालू आर्थिक वर्षको हालसम्म मानव अधिकारसम्बन्धी २१ वटा उजुरी आयोगमा परेको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख रावलले जानकारी दिए । अधिकार र कानूनका बारेमा ग्रामीण क्षेत्रका नागरिकलाई जानकारी नहुनु र अदालत वा प्रशासनसम्म पुगे उजुरीकर्तालाई समाजले हेर्ने दृष्टिकोणफरक हुने भएकाले सर्वसाधारण उजुरी दिन डराउने उनको भनाइ थियो ।

    समाजमा छाउपडी, छुवाछूत र भेदभाव, घरेलु हिंसाजस्ता घटना अझै बाहिर खुल्न नसकेको मानव अधिकार अभियन्ताको भनाइ छ । असह्य पीडा पाएपछि मात्रै केही घटना बाहिर वा अदालतसम्म पुग्ने गरेका अधिवक्ता युवराज जोशीले बताए । ग्रामीण भेगमा महिला तथा छुवाछूत र छाउपडीका कारण धेरैले हिंसाको शिकार हुनुपरेको अमरगढी–३ की दुर्गा पन्तले जानकारी गराइन् ।

    रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij