मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

जलविद्युत आयोजनामा आगलागी हुँदा पाँच करोड बढीको क्षति

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २९, २०७६



  • इलाम । इलामको पुवाखोलास्थित अपर पुवा–१ साना जलविद्युत आयोजनामा हिजो साँझ भएको आगलागीमा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

    जोशी हाइड्रोपावर कम्पनीले निर्माण गरेको तीन मेगावाट क्षमताको आयोजनाको पावरहाउसमा जडान भएका दुई टर्वाइनमध्ये एकमा अचानक आगलागी भएको हो ।

    डेढ मेगावाट क्षमताको एक टर्वाइन बिग्रिएर केही दिन अगाडिदेखि नचलाइएको भए पनि हिजो अकस्मात उल्टो घुमेर आगलागी भएको बताइएको छ ।

    आगलागी भए लगत्तै कर्मचारी र स्थानीयले पावरहाउसमा पानी वन्द गरेर आगो नियन्त्रणमा लिएका थिए ।

    यसैबीच पर्वतबाट सञ्चालित ‘रेडियो पर्वत’ को कार्यालयमा पनि गएराति आगलागी भएको छ ।

    विद्युत् सर्ट भएर आगलागी हुँदा भवनमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा क्षति पुगेको छ भने ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजनलगायतका सामग्रीहरु पूर्ण रुपमा नष्ट भएको रेडियोका स्टेसन म्यानेजर शंकर शर्माले जानकारी दिए ।

    स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij